कामु प्रधानन्यायाधीशको हैसियतमा दीपकराज जोशीले तोके इजलास

पराजुलीको तस्वीर सर्वोच्च अदातलको वेबसाइटबाट हट्यो

 आवाज संवाददाता     १ चैत्र २०७४, बिहीबार

सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका छन् । न्यायपरिषद् सचिवालयले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई साउनमै अवकास पाएको पत्र थमाएपछि जोशीले कामुको जिम्मेवारी सम्हालेका हुन् । साथै जोशीले इजलास पनि तोकेका छन् ।

यसैबीच, पदमुक्त घोषणा गरिएका प्रधानन्यायाधीश गोपाल पराजुलीको तस्वीर पनि सर्वोच्च अदातलको वेबसाइटबाट हटाइएको छ । अदातलको वेबसाइटको होमपेजमा पराजुलीको तस्वीर राखिएको ठाउँमा कायममुकाय प्रधानन्यायाधीश दीपकराज जोशीको तस्वीर राखिएको छ ।

कायममुकाय प्रधान न्यायाधीश दीपकराज जोशीले बिहीबार मुददाको दैनिक पेसी र इजलास तोकेसँगै पराजुलीको तस्बिर झिकेर उक्त ठाउँमा जोशीको विवरण राखिएको हो ।

होमपेजबाट पराजुलीको तस्बिर हटाइए पनि भित्र भने अहिले पनि प्रधान न्यायाधीशमा पराजुलीकै नाम तथा तस्बिर राखिएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।