तुम्बाहाम्फे प्रतिनिधि सभाको उपसभामुख निर्वाचित

 आवाज संवाददाता     २ चैत्र २०७४, शुक्रबार

नेकपा एमालेकी सांसद शिवमाया तुम्बाहाम्फे प्रतिनिधि सभाको उपसभामुख निर्वाचित भएकी छिन् । प्रतिनिधि सभाको शुक्रवार बसेको बैठकमा प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुष्पा भुसाललाई पराजितगर्दै तुम्बाहाम्फे उपसभामुख निर्वाचित भएकी हुन् ।

तुम्बाहाम्फेले २ सय १ मत पाउँदा कांग्रेसकी भुसालले ६१ भोट पाइन । प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्रका नेता देव गुरुङको प्रस्ताव र एमालेका रवीन्द्र अधिकारीको समर्थन गरेका थिए ।

सभामुखमा कृष्णबहादुर महरालाई समर्थन गरेको कांग्रेसले उपसभामुखमा भुसाललाई उम्मेदवार बनाएको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।