हाम्रो रेडियो ११ औँ वर्षमा प्रवेश, चार पत्रकार पुरस्कृत

 आवाज संवाददाता     २ चैत्र २०७४, शुक्रबार

दोलखा, चैत २

दोलखाबाट प्रसारित हाम्रो रेडियो १ सय ३ थोप्लो ४ मेगाहर्जले आफ्नो ११ औं बार्षिक उत्सव मनाएको छ । हाम्रो रेडियोले सदरमुकाम चरिकोटमा आयोजित एक समारोहबिच ११ औं वार्षिक उत्सव मनाएको हो ।
उत्सवको उद्घाटन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले सिंहदरवार गाउँमा आएको भन्न पाए पनि सञ्चार क्षेत्रको अधिकार स्थानीय तहमा हस्तान्तरण नभएको बताए । मोेफसलमा रहेका रेडियोहरुलाई पनि समानुपातिक ढंगले विज्ञापन वितरण गर्न पत्रकार महासंघ सर्वोच्चमा गएर अधिकार मागे पनि व्यवहारमा भने कार्यान्वयन हुन नसकेको उनको गुनासो थियो ।
रेडियो सञ्चालक समितिका सचिव लक्ष्मण खड्काको अध्यक्षतामा भएको वार्षिक उत्सव समारोहमा प्रेस काउन्सिल नेपालका वोर्ड सदस्य एवम् नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष खिलबहादुर भण्डारी, प्रेस सेन्टर नेपालका केन्द्रीय महासचिव विष्णु सापकोटा जुगल, तीन नम्बर प्रदेशसभाका सांसदद्धय आङ देण्डीशेर्पा, सरस्वती बस्नेत, जिल्ला न्यायधीश कमलराज विष्ट, जिरी नगरपालिकाका मेयर टंक जिरेल, नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष जीवन लामा, पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य एवम् नागरिक समाज दोलखाका संयोजक चिरञ्जीवी मास्के, नेपाल पत्रकार महासंघ दोलखा शाखाका पूर्व अध्यक्ष राजेन्द्र मानन्धरले मन्तव्य व्यक्त गरेका थियो । यसैगरी नेपाली कांग्रेसका नेता बर्मा लामा, नेकपा एमाले जिल्ला सचिवालय सदस्य कुमार लगुन, दोलखाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्की, राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय दोलखाका प्रमुख सागर आचार्य, दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दर कार्की, भेषकुमारी खड्का स्मृति पत्रकारिता पुरस्कारकी संरक्षक सावित्री खड्का, जनसचेतन साकोसका अध्यक्ष भिमप्रसाद दाहाल, प्रेस सेन्टर दोलखाका कार्यबाहक अध्यक्ष शिबकुमार भुजेल, कालिञ्चोक एफएमका अध्यक्ष दिपक बस्नेत लगायतले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
२०६४ साल चैत २ गतेबाट प्रसारण सुरु गरेको हाम्रो रेडियो आजवाटै १० वर्ष पूरा गरी ११ औँ बर्षमा प्रवेश गरेको हो ।

चार पत्रकार र एक कृषक पुरस्कृत

वार्षिक उत्सवको अवसरमा हाम्रो रेडियो ललिता देवी स्मृति पत्रकारिता पुरस्कारबाट हाम्रो रडियोकी समाचार बाचिका एवम् कार्यक्रम प्रस्तोताद्धोय सिर्जना गोले र दुर्गा बस्नेत पुरस्कृत भएका छन् ।
यो वर्षको हाम्रो रेडियो ललिता देवी स्मृति पत्रकारिता पुरस्कारबाट गोले र बस्नेत नगदसहित पुरस्कृत भएका हुन् । गोले र बस्नेतलाई जनही नगद ५ हजार रुपैयाँ र प्रमाण पत्र सहित पुरस्कृत गरिएको छ । दोलखावाट प्रसारण हुँदै आएको हाम्रो रेडियोले हरेक बर्ष उत्कृष्ट रेडियोकर्मीलाई यो पुरस्कार प्रदान गर्दै आएको छ ।
सहिद धर्म बस्नेत स्मृति जनपक्षीय पत्रकारिता पुरस्कारबाट प्रेस काउन्सिल नेपालका वोर्ड सदस्य एवम् नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय उपाध्यक्ष खिलबहादुर भण्डारी पुरस्कृत भएका छन् । भण्डारी नगद ५ हजार ५ सय ५५ र प्रमाणपत्र सहित पुरस्कृत भएका हुन् । प्रभा राई पुजाले आफ्नो श्रीमान्को स्मृतिमा स्थापना गरेको सो पुरस्कार यो वर्षबाट सुरु भएको हो । दोलखाको लामावगर घर भएका धर्मबहादुर बस्नेत मणिले २०६१ माघ १७ गते धनुषाको चिसापानीमा भएको भिडन्तका क्रममा सहादत प्राप्त गरेका थिए ।

भेसकुमारी खड्का स्मृति पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासंघ दोलखा शाखाका पुर्व अध्यक्ष, अग्रज पत्रकार एवम् कान्तिपुर दैनिकका दोलखा संवाददाता राजेन्द्र मानन्धर पुरस्कृत भएका छन् । लामो समयदेखि दोलखामा पत्रकारिता गरिरहेका मानन्धरलाई समाचारको माध्यमवाट महिलाको सशक्तिकरणमा योगदान पु¥याए वापत नगद पुरस्कार सहित पुरस्कृत गरिएको हो । पुरस्कारको राशि नगद ५ हजार र प्रमाण पत्र रहेको छ ।
त्यसैगरी दोलखामा पहिलो पटक व्यवसायिक किवी खेती विस्तार गर्ने श्यामबहादुर खड्कालाई हाम्रो रेडियो विशेष सम्मान प्रदान गरिएको छ । आमा किवी फलफुल नर्सरी उद्योगका प्रोपाइटर श्यामबहादुर खड्कालाई जिल्लामै पहिलो पटक किवी खेती विस्तार गरेको भन्दै सम्मान पत्रसहित दोसल्ला ओडाएर विशेष सम्मान गरिएको हो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।