उपराष्ट्रपतिमा पासाङ निर्विरोध
अावाज सवाददाता ३ चैत्र २०७४, शनिबार
उपराष्ट्रपतिमा आजको उम्मेदवारी दर्ताका लागि तोकिएको २ बजेसम्मको निर्धारित समय एक जनाको मात्रै उम्मेदवारी परेको छ ।
वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन पासाङको मात्रै एकल उम्मेदवारी परेको निर्वाचन कार्यायलले जनाएको छ ।
दावी विरोधको समयमा कुनै पनि प्रकारको उजुरी नपरे पासाङ स्वतः उपराष्ट्रपतिमा निर्विरोध निर्वाचित हुने निर्वाचन कार्यालयले जनाएको छ ।
कांग्रेसले राष्ट्रपति र राष्ट्रिय सभाको उपाध्यक्षमा उम्मेदवारी दिए पनि उपराष्ट्रपतिमा भने उम्मेदवारी दिएन
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।