दोलखाका पत्रकार र फुटबल संघबिच मैत्रीपूर्ण फुटबल

 आवाज अनलाइन     ३ चैत्र २०७४, शनिबार

दोलखा, चैत ३
‘दोलखाको खेलकुद विकासमा हामी सँगसँगै’ अभियानको लागि नेपाल पत्रकार महासंघ र दोलखा जिल्ला फुटबल संघबिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।
दोलखाको खेलकुद विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले नेपाल पत्रकार महासंघमा आवद्ध पत्रकारहरु र दोलखा जिल्ला फुटबल संघका सदस्यहरुबिच सदरमुकाम चरिकोटको टुँडिखेलमा मैत्रीपूर्ण फुटबलको आयोजना गरिएको हो ।
मैत्रीपूर्ण खेलमा दोलखा जिल्ला फुटबल संघले नेपाल पत्रकार महासंघ दोलखालाई ७–३ ले पराजित गरेको छ ।
विजयी तथा सहभागी टिमलाई भीमेश्वर नगरपालिका प्रमुख भरतबहादुर केसी तथा रणभीम गणका गणपति प्रमुख सेनानी झविन्द्रबहादुर रेश्मीले ट्रफी तथा प्रमाणपत्र प्रदान गरे ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।