दक्षिण एशियामा पाकिस्तान सबैभन्दा खुसी राष्ट्र, नेपाल तेस्रो स्थानमा

 अावाज स‌‌वाददाता     ७ चैत्र २०७४, बुधबार

यो वर्ष फिनल्याण्ड सबैभन्दा खुसी राष्ट्र भएको छ । नर्वे, डेनमार्क, आइसल्याण्ड र स्वीट्जरल्याण्ड त्यसपछिका शीर्ष पाचँभित्र रहेका छन् । खासमा पछिल्ला वर्षहरुमा यी राष्ट्र कुनै न कुनै समय शीर्ष स्थानमा रहेका छन् ।

मार्च २० लाई विश्व खुसी दिवसको रुपमा मनाइन्छ । सन् २०१२ देखि हरेक वर्ष ग्यालप विश्व पोल सर्भेक्षणको आधारमा विश्व खुसीको रिपोर्ट निकालिन्छ । यो वर्ष पनि १५६ राष्ट्रलाई समेटेर विश्व खुसी रिपोर्ट २०१८ निकालिएको छ । यो वर्षको रिपोर्टमा देशको खुसीसँगै ती राष्ट्रमा रहेका आप्रबासीहरुको खुसी पनि समावेश गरिएको छ ।

रिपोर्टका लागि ६ विषयलाई आधार मानिएको थियो  ः आय, राष्ट्रिय औसत आयु, सामाजिक सुरक्षा, स्वतन्त्रता, विश्वास र उदारता । यी मापनले राष्ट्रको समग्र खुसीको मापन गर्ने अनुमान गरिएको छ । खुसी राष्ट्रहरुमा यी आधारहरुको मात्रा राम्रो देखिन्छ ।

आप्रबासीहरुको खुसीको मापनले रमाइलो तथ्य प्रस्तुत गरेको छ । राष्ट्र र तिनको आप्रबासीको खुसीको मात्रा लगभग उस्तै रहेको छ । खुसीको सुचिमा शिर्ष स्थानमा रहेका राष्ट्रमा बस्ने आप्रबासीहरु सो राष्ट्रको बराबर नभएको पाइयो ।

 

दक्षिण एशियामा पाकिस्तान सबैभन्दा खुसी राष्ट्र
खुसी रिपोर्टमा ७५औंं स्थान रहेको पाकिस्तान दक्षिण एशियामा सबैभन्दा शीर्ष स्थानमा रहेको छ । राष्ट्रिय अर्थतन्त्रमा कुल राष्ट्रिय उत्पादनको सट्टा कुल राष्ट्रिय खुसीलाई आधार बनाएको भुटान दक्षिण एशियाली राष्ट्रहरु मध्य दोश्रो स्थानमा रहेको छ । ऊ विश्वव्यापी रुपमा ९७ औं स्थानमा रहेको छ । दक्षिण एशियाली राष्ट्रहरुमा त्यसपछि नेपालको स्थान रहेको छ । विश्वव्यापी रुपमा नेपाल १०१ औं स्थानमा रहेको छ । भारत भने नेपालपछि रहेका बङ्लादेश(११५औं), श्रीलङ्का(११६औं)भन्दा पनि पछाडि रहेको छ  । १३३ औं स्थानमा रहेको भारत पछि दक्षिण एशियाको अफगानिस्तान मात्र रहेको छ । अफगानिस्तान १४५ औं स्थानमा रहेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF