प्रत्येक नेपालीले फोनमा खर्चन्छन् वार्षिक २२ सय ३४ रुपैयाँ

 अावाज स‌‌वाददाता     ८ चैत्र २०७४, बिहीबार

नेपालमा एकजना टेलिफोन प्रयोगकर्ताले वर्षभरिमा औसतमा २ हजार २ सय ३४ रुपैयाँ खर्च गर्ने गरेको तथ्यांक सार्वजनकि भएको छ । गत आर्थिक वर्षमा सञ्चालनमा रहेका ५ वटा दूरसञ्चार कम्पनीका ग्राहकले गरेको वार्षिक खर्चलाई आधार मान्दा यस्तो देखिएको हो ।

एनसेलका ग्राहक खर्चालु
नेपालमा सञ्चालित दूरसञ्चार कम्पनीमध्ये एनसेलका ग्राहकले सबैभन्दा धेरै खर्च गर्ने गरेको पाइएको छ । एनसेलको नेटवर्क प्रयोग गर्ने ग्राहकको वार्षिक खर्च औसत २ हजार ६ सय ७१ रुपैयाँ छ । तर, सरकारी स्वामित्वको नेपाल टेलिकमका ग्राहकले भने औसत १ हजार ९ सय १९ रुपैयाँ मात्र खर्च गर्ने गरेको देखिएको छ ।

६ वटा दूरसञ्चार कम्पनीले सेवा प्रदान गर्ने अनुमति पाए पनि अहिले ५ वटा कम्पनी अस्तित्वमा छन् । त्यसमध्ये सिजी कम्युनिकेसनको कुनै पनि सेवा अस्तित्वमा छैन । प्रतिग्राहक खर्चका आधारमा स्मार्ट टेलिकम तेस्रो नम्बरमा छ । सो कम्पनीको एक ग्राहकले वार्षिक औसत ५ सय ७८ रुपैयाँ खर्च गर्ने गरेका छन् । त्यस्तै, युटिएलका ग्राहकको खर्च औसत १ सय ३२ रुपैयाँ र नेपाल स्याटेलाइट टेलिकमका ग्राहकको औसत खर्च सबैभन्दा कम ३२ रुपैयाँ मात्र छ ।

नयाँ पत्रिका

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।