लक्ष्मी बैंकद्वारा वार्षिक उत्सवमा अनाथलाई सहयोग
आवाज अनलाइन ८ चैत्र २०७४, बिहीबार
दोलखा, चैत ८
लक्ष्मी बैंक लिमिटेड चरिकोट शाखाले आफ्नो वार्षिक उत्सवका अवसरमा गौरीशंकर बालगृहका बालबालिकाहरुलाई खाद्यान्न सामग्री वितरण गरेको छ ।
शाखाले आफ्नो सातौँ वार्षिक उत्सवको अवसर पारेर गौरीशंकर बालगृहका अनाथ बालबालिकाहरुलाई विभिन्न खाद्यान्न सामग्री वितरण गरेको बैंकको चरिकोट शाखाका प्रबन्धक जयेन्द्र बादेलेखजानकारी दिए । शाखाले हरेक वार्षिक उत्सवहरुमा यस्ताखाले सामाजिक कार्यहरु गर्दैआएको छ ।
सो बैंकले हाल ४१ जिल्लाका ७८ शाखा कार्यालय र ९२ एटएएम काउन्टरहरुबाट बैंकिङ सेवा दिइरहेको छ ।
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।