जिसस संयाेजकले पनि राताे पासपाेर्ट पाउने

 अावाज स‌‌वाददाता     १३ चैत्र २०७४, मंगलवार

सरकारले कूटनीतिक राहदानी प्रयोग गर्न पाउनेहरूको सूची संशोधन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अाज बसेकाे मन्त्रिपरिषद्काे बैठकले सूची संशाेधन गरेकाे हाे ।

अब जिल्ला समन्वय समितिका संयोजकले पनि कूटनीतिक राहदानी (राताे पासपाेर्ट) प्रयोग गर्न पाउने भएका छन् । तर, गाउँपालिका अध्यक्षलाई भने विशेष राहदानी उपलब्ध गराइने भएकाे छ ।

बैठकपछि सूचना तथा सञ्चारराज्यमन्त्री गाेकुल बाँस्काेटाले प्रदेशमन्त्री, सांसदसँगै जिल्ला समन्वय समितिका संयोजकसम्मले कूटनीतिक राहदानी पाउने, गाउँपालिका अध्यक्षहरूले विशेष राहदानी प्रयोग गर्न पाउने निर्णय भएको जानकारी दिए ।

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF