भूकम्पपीडितलाई एक लाख दिने अघिल्लो सरकारको निर्णय कार्यान्वयन गर्न राप्रपाको माग

 अावाज स‌‌वाददाता     २० चैत्र २०७४, मंगलवार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भूकम्पपीडितलाई एक लाख अनुदान दिने पूर्ववर्ती सरकारको निर्णय अविलम्ब कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले भूकम्पपीडितलाई एक लाख अनुदान दिने निर्णय विवादास्पद बनेपछि राप्रपाले सो निर्णय तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेको हो।

पार्टी प्रवक्ता सुशीलकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भूकम्पपीडितलाई अनुदान दिने निर्णय अभिलेखमा नै नभएको भनेर सार्वजनिक भएकोमा आपत्ति प्रकट गरिएको छ।

पार्टी अध्यक्ष कमल थापाले भूकम्पपीडितलाई थप एक लाख दिने मन्त्रिपरिषद्को निर्णय उपप्रधानमन्त्रीको हैसियतमा आफू र मुख्यसचिव भएर मस्यौदा गरेको दाबी गर्दै मन्त्रिपरिषद् बैठकमा मुख्यसचिवले सुनाएपछि त्यसबारे औपचारिक निर्णय भएको बताएका छन्।

उनले सो निर्णय त्यसबेला माइन्युट नगरेको भए सो कार्य मुख्यसचिव र मन्त्रिपरिषद् कार्यालयको नै बेइमानी भएको टिप्पणी समेत गरेका छन्।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF