सालकको खपटासहित युवक पक्राउ

 आवाज अनलाइन     २१ चैत्र २०७४, बुधबार

दोलखा, चैत २१

जिल्ला प्रहरी कार्यालय दोलखाले सालकको खपटासहित एक युवकलाई पक्राउ गरेको छ । भीमेश्वर नगरपालिका ५ का ३३ वर्षीय सन्तोष पौडेललाई दोलखा प्रहरीले सालकको २ किलो खपटासहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीका अनुसार दोलखा जिल्लाको शैलुङ गाउँपालिकाको विभिन्न ठाउँबाट सालकको खपटा संकलन गरी बिक्रीका लागि काठमाडौँ लैजान लागेका बेला उनलाई पक्राउ गरिएको हो । लामो समयको अनुसन्धानपछि प्रहरी आफैँ ग्राहक बनेर उनलाई पक्राउ गरिएको पत्रकार सम्मेलन गी उनले जानकारी दिए । प्रहरीले शैलुङ गाउँपालिका ८ को चरङ्गे बजारबाट उनलाई खपटासहित पक्राउ गरेको हो ।


हाल प्रहरी हिरासतमा रहेका पौलेललाई थप अनुसन्धानको लागि जिल्ला बन कार्यालयमा पठाउने प्रहरीले जानकारी दिएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF