एमाले संसदीय दलको उपनेतामा नेम्वाङ

 अावाज स‌‌वाददाता     २२ चैत्र २०७४, बिहीबार

नेकपा एमाले संसदीय दलको उपनेतामा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ नियुक्त भएका छन्।

प्रधानमन्त्री एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सो पार्टीको संसदीय दलको बैठकले नेम्वाङलाई दलको उपनेतामा चयन गरेको हो।

त्यसैगरी पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले दलको उपनेताको अतिरिक्त दलको प्रमुख सचेतकमा सांसद खगराज अधिकार र सचेतकमा सांसद शान्ता चौधरीलाई नियुक्त गरेको जानकारी बैठकमा दिएको एमालेका एक नेताले बताए।

दलको उपनेतामा चयन भएका नेम्वाङ इलामबाट, प्रमुख सचेतक अधिकारी कास्कीबाट निर्वाचित सदस्य हुन भने सचेतक चौधरी अहिलेजस्तै यसअघि पहिलो संविधानसभामा समानुपातिक तर्फ निर्वाचित सदस्य हुन

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF