अखिल क्रान्तिकारीमा नयाँ नेतृत्व

 आवाज अनलाइन     २३ चैत्र २०७४, शुक्रबार

दोलखा, चैत २३
एकीकृत माओवादी निकट विद्यार्थी संगठन अखिल नेपाल स्वातन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी) को १८ औँ जिल्ला अधिवेशनले रोशन खड्काको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कार्यसमिती निर्वाचित गरेको छ ।
समितिको उपाध्यक्षमा नवराज श्रेष्ठ, पर्वत लामा, प्रविन बस्नेत सचिवमा आट्रिस मोक्तान, सहसचिवमा कमल ढकाल, नवराज बस्नेत, आशा शेर्पा र कोषाध्यक्षमा आङलेकी शेर्पा सर्वसम्वतरुपमा निर्वाचित भएका छन् ।
अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष रञ्जित तामाङको प्रमुख आतिथ्यमा सम्पन्न १८ औँ जिल्ला अधिवेशनले ५१ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको हो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।