ओली र मोदीले गरे पेट्रोलियम पाइपलाइन शिलान्यास

 अावाज स‌‌वाददाता     २४ चैत्र २०७४, शनिबार

दिल्लीको हैदरावाद हाउसबाट प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले अमलेखगञ्ज(मोतिहारी पेट्रोलियम पाइपलाइनको शिलान्यास गरेका छन् ।

हैदराबाद हाउसबाट स्वीच थिचेर संयुक्त रुपमा दुई प्रधानमन्त्रीले पेट्रोलियम पाइपलाइनको शिलान्यास गरेका हुन् । भारतबाट सिधै नेपालको अमलेखगञ्जको डिपोसम्म इन्धन ओसार्न यो पाइपलाइन निर्माण गर्न लागिएको हो । पट्रोलियम पाइपलाइन मोतिहारी–रक्सौल हुँदै अमलेखगञ्जसम्म निर्माण गरिने छ । त्यस्तै वीरगञ्जको एकीकृत जाँच चौकीको उद्घाटन समेत गरिएको छ ।

राजघाटस्थित महात्मा गान्धीको समाधीस्थल पुगेर प्रधानमन्त्री ओली औपचारिक वार्ताका लागि हैदरावाद हाउस आएका थिए । भेटमा कुनै सम्झौता भने भएको छैन ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।