मोदी ओली संयुक्त पत्रकार सम्बोधन

‘समृद्धि’ हाम्रो साझा लक्ष्य

 अावाज स‌‌वाददाता     २४ चैत्र २०७४, शनिबार

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतका सरकार र जनताको साझा लक्ष्य समृद्धि भएको बताएका छन  ।

आफ्ना भारतीय समकक्षीसँगको प्रतिनिधि मण्डलस्तरीय द्विपक्षीय वार्तापछि संयुक्तरुपमा पत्रकारहरुलाई सम्बोधन गर्दै उनले सामाजिक–आर्थिक विकास र समृद्ध नेपाल निर्माण आफू नेतृत्वको सरकारको लक्ष्य र उद्देश्य भएको ।

प्रधानमन्त्री ओलीले उच्च राजनीतिक तहमा हुने भेटवार्ताले सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने र बहुआयामिक द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल गर्न यस्ता भेटवार्ता महत्वपूर्ण हुने बताए ।

दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने उपाय र पारस्पारिक लाभका खातिर अवसरहरुको खोजी गर्न आफू भारत भ्रमणमा आएको स्पष्ट गर्दै उहाँले प्रधानमन्त्री मोदीसँग आपसी सम्बन्धका सबै विषयमा विचारविमर्श भएको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले शताब्दिऔं पुरानो नेपाल–भारत सम्बन्धका सबै पक्षलाई २१औं शताब्दी सुहाउँदो तुल्याउन दुबै देशका उच्च कूटनीतिक तहमा गठन भएको प्रवुद्ध व्यक्ति समूह(इपिजी)लगायत सबै विषयमा रचनात्मक छलफल भएको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार निर्माण तथा स्थल, जल र नभमार्गबाट नेपाललाई सम्पर्क सञ्जालमा समावेश गर्ने आफ्नो उद्देश्य पूरा गर्न भारतीय प्रधानमन्त्री मोदीले समुद्रसम्मको पहुँच नेपाललाई उपलब्ध गराउने घोषणा गर्नुभएकामा हार्दिक आभार व्यक्त गरे ।

नेपालको उपयोग हुन नसकेको अपार जलस्रोतको विकासमा लगानी गर्न भारतका निजी तथा सार्वजनिक क्षेत्रलाई आह्वान गर्नुभयो र माथिल्लो कर्णाली, अरुण तेस्रो, पञ्चेश्वरलगायत विशाल परियोजनालाई गति दिन आग्रह गरे ।

प्रधानमन्त्री ओलीले दुबै देशका ऊर्जा आवश्यकता सम्बोधन गर्न ऊर्जा बैंकको स्थापना, नयाँ प्रशारण लाइन निर्माण, बाढी तथा डुबान नियन्त्रणलगायत दुबै देशका जनताले भोग्नुपरेका समस्याको उपयुक्त समाधानका निम्ति संयुक्त प्रयास गर्न प्रधानमन्त्री मोदी सहमत भएको बताए ।

 

 

सम्मेलनमा भारतका प्रधानमन्त्री मोदीले नेपालको आर्थिक उन्नयन र समृद्धिको प्रयासमा पूर्ण रुपले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपाल सरकारले निर्धारण गरेका विकासका प्राथमिकता र आवश्यकतामा आधारित भएर सहायता गर्ने बताए ।

“भारत र नेपाल कृषि प्रधान देश हुन्, कृषि क्षेत्रमा नयाँ साझेदारी गर्न हामी तयार छौं, पशुपालन, माटो परीक्षण, कृषि शिक्षा र कृषि अनुसन्धानमा सहयोग बढाउनेछौं” – भारतीय प्रधानमन्त्रीले घोषणा गरे । “सगरमाथाको देशको अब सागरसम्म सम्पर्क स्थापना हुनेछ,” समुद्रसम्म नेपालको पहुँच स्थापनामा भारतले सघाउने र नेपाल भू–परिवेष्टित देश भए पनि भूमिबाट सम्पर्क स्थापना गर्न सक्षम राष्ट्र बनेको आशय व्यक्त गर्दै उनले भने ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF