बुद्धको सन्देश सहित छोकी र शर्मिला सगरमाथातिर

 आवाज अनलाइन     २४ चैत्र २०७४, शनिबार

दोलखा, चैत २४
‘बुद्ध वाज वर्न इन नेपाल’ सन्देश लिएर दोलखाकी छोकी शेर्पा र काभ्रेपलाञ्चोककी शर्मिला तामाङ सगरमाथा आधारशिविरतर्फ प्रस्थान गरेका छन् ।
उनीहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री रबिन्द अधिकारीले हिजो लुम्बिनीको मायादेवी मन्दिरबाट नेपालको झण्डा सहित सगरमाथा आरोहणका लागि बिदा गरेका हुन् ।
बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देशका साथै पर्यटनको माध्यमबाट नेपालमै युवाहरुले केही गर्न सक्छन् भन्ने सन्देश पनि दिन चाहेको उनीहरुले बताएका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF