बुढानिलकण्ठ नगरपालिकाका कार्यकारी अधिकृत र इन्जिनियर ५ लाख घुससहित पक्राउ

 अावाज स‌‌वाददाता     २७ चैत्र २०७४, मंगलवार

बुढानिलकण्ठ नगरपालिकाका कार्यकारी अधिकृत(उपसचिव) लिला अधिकारी र इन्जिनियर बिजेन्द्र श्रेष्ठ ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई सोमबार साँझ महाराजगञ्जस्थित प्रहरी एकेडेमी अगाडिबाट पक्राउ गरेको हो।

उनीहरुले ठेक्कावापतको रकम भुक्तानी र काम गरेको अनुभवको पत्र लेखिदिन भनेर घुस मागेका थिए। पीडित ठेकदारले आयोगलाई सूचना दिएर घुस दिएका हुन्। दमकलको पानी राख्ने पोखरी निर्माणसम्बन्धि ठेक्कामा घुस मागेका थिए।

आयोगबाट खटिएको टोलीले उनीहरुलाई गाडिबाटै पक्राउ गरेको हो।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF