श्वेतपत्रबारे कांग्रेसको टिप्पणी: श्वेतपत्र हैन, ‘लालपत्र’

 अावाज स‌‌वाददाता     २७ चैत्र २०७४, मंगलवार

सरकारले श्वेतपत्रमार्फत मुलुकको आर्थिक अवस्था नकारात्मक रूपमा प्रस्तुत गरेर जनतामा निराशा पैदा गरेको आरोप प्रमुख विपक्षी कांग्रेसले लगाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसद्मा श्वेतपत्र प्रस्तुत गरेको १० दिनपछि कांग्रेसले २४ बुँदे आधिकारिक प्रतिक्रिया दिएको हो । अर्थमन्त्री खतिवडाले १६ चैतमा संसद्मा ७४ बुँदे श्वेतपत्र पेस गरेका थिए ।

काँग्रेसले नैतिक इमान्दारिता भन्दा पर गएर संगतीरहित सन्दर्भहरु गाँसेर असन्तुलित रुपमा तथ्यांकहरु श्वेतपत्रमा जो प्रस्तुत भएको छ, त्यसलाई ‘अबौद्धीक र अव्यवसायिक मुचुल्का’ हठर गर्नु पर्ने बताएको छ । काँग्रेसले अर्थतन्त्रको सकारात्मक पाटो सबै नजर अन्दाज गरेर कतिपय कमजोरीको अतिरञ्जनापूर्ण प्रस्तुत गरिएको भन्दै श्वेतपत्रले सिर्जना गरेको भ्रम चिर्नु आफ्नो कर्तव्य भएको दावी गरेको छ ।

अर्थतन्त्रका सकारात्मक सबै पाटाबारे नजरअन्दाज गरेर अतिरञ्जित रूपमा श्वेतपत्र प्रस्तुत गर्दा जनतामा निराशा छाएको कांग्रेसको टिप्पणी छ । उसले सरकारको श्वेतपत्रलाई ‘लालपत्र’को संख्या दिएको छ ।

पार्टी मुख्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘आमनागरिकको आशा र जाँगर मार्ने सरकारको धारणा श्वेतपत्र नभई लालपत्र हो । कांग्रेसले स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न भएपछि समृद्धिको दिशामा अघि बढ्न तुलनात्मक रूपले सहज राजनीतिक वातावरण निर्माण भएको जनाएको छ ।

तर, यस्तो वेला तथ्यलाई तोडमोड गरेर श्वेतपत्रका नाममा निराशाको ‘लालपत्र’ बाहिर ल्याउनुभन्दा नयाँ भिजन भरिएको दृढ संकल्पपत्र अघि सारिनुपथ्र्यो,’ प्रवक्ता शर्माद्वारा हस्ताक्षरित धारणापत्रमा भनिएको छ ।

कांग्रेसले श्वेतपत्रलाई ‘अबौद्धिक र अव्यावसायिक मुचुल्का’ भनेको छ । ‘नैतिक इमानदारीभन्दा पर गएर संगतिरहित सन्दर्भहरू गाँसेर असन्तुलित रूपमा तथ्यांकहरू श्वेतपत्रमा जो प्रस्तुत भएको छ, त्यसलाई अबौद्धिक र अव्यावसायिक मुचुल्का ठहर गर्नुपर्ने प्रारम्भिक स्थिति बन्दछ,’ धारणामा भनिएको छ ।

प्रवक्ता शर्माले अर्थतन्त्रलाई नकारात्मक देखाउन आफूअनुकुल तथ्यलाई समेटेर सरकारले अतिरञ्जनापूर्ण अभिव्यक्ति ल्याएको बताए । ‘श्वेतपत्र निश्चित कालखण्डको छायाचित्रका रूपमा इमानदार ढंगले प्रस्तुत भएको छैन ।

कुन निश्चित कालखण्डको तथ्यांक र चित्र प्रस्तुत गर्दा बढी नकारात्मक सम्प्रेषण गर्न सकिन्छ भन्ने मनसायले प्रेरित देखिन्छ । कहीँ दुई वर्षको चित्र छ त कतै अढाई दशकको, कुनै सन्दर्भमा १० वर्षको मूल्यांकन छ त कहीँ पाँच वर्षको टिपोट गाँसिएको छ,’ शर्माले भने ।

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।