लाइसेन्स अब काम गर्नेले मात्र पाउँछ : जलस्रोतमन्त्री वर्षमान पुन

 अावाज स‌‌वाददाता     ३ बैशाख २०७५, सोमबार

ऊर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुनले अब विद्युतको लाइसेन्स झोलामा राखेर बस्ने दिन समाप्त भएको बताएका छन्। मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले ५ वर्षदेखि लाइसेन्स ओगटेर बसेका कम्पनीहरुको सूची तयार पारी खारेज गर्ने चेतावनी दिए।

‘विद्युतको लाइसेन्समा विकृति देखिएको छ, अब त्यसको अन्त्य गर्ने पर्ने समयमा आएको छ,’ मन्त्री पुनले भने, ‘लाइसेन्स अब वैज्ञानिक र काम गर्नेले मात्र पाउँछ।’ विगतमा लाइसेन्स लिने तर काम नगर्नेहरुको खोजी मन्त्रालयले गरिरहेको र त्यसको विस्तृत विवरण छिटै सार्वजनिक हुने पुनले बताए।

‘लगानी गर्नेसँग लाइसेन्स छैन, गर्न नसक्नेले होल्ड गरेको छ,’ पुनले भने, ‘यस्तो अवस्था अन्त्य नगरी देश समृद्धितर्फ अघि बढ्दैन। ५ वर्ष उनीहरुलाई तालिका बनाएर समय दिइन्छ, काम द्रुत गतिमा सुरु नगरे खारेज हुन्छ।’ लाइसेन्समा टेन्डर गर्ने वा के गर्ने भन्ने विषयमा कानुनसम्मत निर्णय हुने उनले बताए।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF