दोलखा भिमेश्वरलाई व्यवसायीको सहयोग

 अावाज स‌‌वाददाता     ८ बैशाख २०७५, शनिबार

दोलखा भिमेश्वर मन्दिर व्यवस्थापन व्यवस्थित र सुरक्षित बनाउन काठमाडौका व्यवसायीहिरुले बिभिन्न सामग्री मन्दिर व्यवस्थापन समितिलाई उपहार दिएका छन् । मन्दिर वरिपरिको क्षेत्रको गतिबिधि निरिक्षण गर्न सहज बनाउन रोयल क्ंयासिनोका प्रमुख सुरेन्द्र बहादुर सिंह, नारायण प्रसाद अर्याल र जय देब गुन्नाले संयुक्तरुपमा आठओटा सीसी टिभि क्यामरा, सोलार हिटर र ट्यांकी मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका छन् । त्यस्तै प्रयास टाभर एण्ड टुर्सका शिब बहादुर प्रधानले नगद १ लाख ११ हजार १ सय ११ रुपैया दिएका छन् । व्यवसायी देश कुमार श्रेष्ठले ५५ इन्च एलइडी टेलिभिजन एक कार्यक्रमका बिच मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका छन् । भीमेश्वर मन्दिर गुठि तथा पुजा व्यवस्थापन समितिको अध्यक्ष भरत बहादुर श्रेष्ठको सभापतित्वमा वडा अध्यक्ष विराजमान श्रेष्ठको प्रमुख अातिथ्यतामा वेलि भ्याली क्याफे वालुवाटारमा सम्पन्न कदर पत्रका साथ सम्मान गरिएको थियो । मन्दिर परिसर सरसफाईको लागी मनोज चाकुवजीले एकजना कर्मचारीलाई तलवको व्यवस्था गर्दै आएका छन्  साथै कोयल क्यासिनोमा भीमेश्वर मन्दिर सहयोगार्थ दानपात्र समेत राखिएको कार्य कारी निर्देशक सुरेन्द्र बहादुर सिंहले वताए

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।