पराजयलाई अवसरका रुपमा बदलेर संगठन निर्माणमा लागौ : देउबा

 अावाज स‌‌वाददाता     ९ बैशाख २०७५, आईतवार

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा अधिनायकवादी शासन व्यवस्थाको सुरुवात हुन लागेको बताएका छन्।

नेपाली कांग्रेस काठमाडौँ जिल्ला कार्यसमितिले नयाँ वर्षका अवसरमा आज यहाँ आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै उनले सरकारले राजस्व विभाग, राष्ट्रिय अनुसन्धान विभाग लगायतलाई प्रधानमन्त्री कार्यालयमा राखेर मुलुकमा अधिनायकवादी शासन व्यवस्थाको सुरुवात गर्न खोजेको आरोप लगाए।

प्रदेशसभा र प्रतिनिधिसभामा पार्टीले भोग्नुपरेको पराजयलाई अवसरका रुपमा बदलेर संगठन निर्माणमा लाग्नुपर्ने  देउवाले बताए।

पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य र विभागले चाँडो पूर्णता पाउने उनको भनाइ छ। पार्टीभित्रको अन्तरघातका कारण २० भन्दा धेरै नेताले निर्वाचनमा पराजय भोगेको भन्दै उनले अब पार्टीलाई विवादरहित तवरले एकढिक्का बनाएर अगाडि लैजाने बताए।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।