दोलखा प्रहरीद्वारा भरुवा बन्दुक बरामद

 आवाज अनलाइन     १० बैशाख २०७५, सोमबार

दोलखा, बैशाख १०
जिल्ला प्रहरी कार्यालय दोलखाले बेवारिसे अवस्थामा ३ नाल भरुवा बन्दु फेला पारेको छ ।
भीमेश्वर नगरपालिका ८ बोचस्थित शीतोष्ण फलफूल तथा रुटस्टक केन्द्रको चिया बगानमा लुकाई राखेको अवस्थामा भरुवा बन्दुक फेला पारेको प्रहरीले जानकारी दिएको छ ।
नियमित गस्तीमा रहेको प्रहरी टोलीले हिजो बिहान १० बजे फेला पारेको भरुवा बन्दुकको सम्बन्धमा थप अनुसन्धान भैरहेको दोलखा प्रहरीले जनाएको छ ।
यसैगरी दोलखा प्रहरीले हिजै भीमेश्वर नगरपालिका ८ बाटै दुई नाल भरुवा बन्दुकसहित बोच यार्साका हरिबहादुर तामाङलाई पक्राउ गरेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।