मेसीको ह्याट्रिकसँगै बार्सिलोनालाई ला लिगाको उपाधि

 अावाज स‌‌वाददाता     १७ बैशाख २०७५, सोमबार

स्टार स्ट्राइकर लियोनल मेसीको ह्याट्रिकसँगै बार्सिलोनाले ला लिगाको उपाधि पक्का गरेको छ। आइतबारको खेलमा बार्सिलोनाले डिर्पाटिभो ला कोरुना टिममाथि ४-२ को जित हात पार्याे। सो जितसँगै बार्साका लागि लिग उपाधि पक्का भएको हो। जितका लागि मेसीले ह्याट्रिक गरेका थिए।

८० मिनेटको खेलसम्म दुवै टिम २ -२ को अवस्थामा थिए। अन्तिम १० मिनेटमा मेसीले २ गोल थप्दै टिमको विजय र उपाधि निश्चित गरेका हुन्। बार्सिलोनाको यो २५औं ला लिगा उपाधि हो।

लिगका ३८ मध्ये ३४ खेल खेलेको बार्सिलोनको ८६ अंक छ। निकटत प्रतिस्पर्धी एटलेटिको मर्डिडको ७५ तथा रियल मर्डिडको ७१ अंक छ। एटलेटिकोले ३५ तथा रियलले ३४ खेल खेलेका छन्। बाँकी खेल जित्दा पनि उनीहरुले बार्सिलोनलाई पछि पार्न नसक्ने भएकाले ४ खेलअघि नै बार्सिलोनाले उपाधि जितेको हो।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF