यातायात व्यवसायी महासंघका महासचिव पक्राउ

 अावाज स‌‌वाददाता     २१ बैशाख २०७५, शुक्रबार

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला काठमाडौंबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर टेकुबाट सादा पोशाकमा खटिएका प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो । उनी सिन्डिकेट पक्षमा जारी व्यवसायीको आन्दोलन प्रचार प्रसार समितिका संयोजकसमेत हुन् । उनी रिपोर्टस क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा भाग लिन जाने क्रममा पक्राउ परेका हुन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।