यसरी बित्दैछ नेपालमा मोदिको ३ दिन

 अावाज स‌‌वाददाता     २२ बैशाख २०७५, शनिबार

२८ वैशाख बिहान मुजफ्फरपुरबाट हेलिकोप्टरमा जनकपुर पुग्ने मोदीलाई प्रधानमन्त्री ओलीले जानकी मन्दिरमा स्वागत गर्नेछन् । मन्दिरमा विशेष पूजाअर्चनापछि मोदीको सम्मानमा जनकपुर उपमहानगरपालिकाले नागरिक सम्मान गर्नेछ, मोदीले मुख्य वक्ताका रूपमा नेपाल–भारत सम्बन्धबारे सम्बोधन गर्नेछन् । प्रधानमन्त्री ओलीले पनि सम्बोधन गर्नेछन् ।

-२८ वैशाखमै काठमाडौं पुगेपछि मोदीलाई टुँडिखेलस्थित सैनिक मञ्चमा नेपाली सेनाले गार्ड अफ अनर दिनेछ । त्यसपछि राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनसँग बेग्लाबेग्लै भेटवार्ता गर्नेछन् । सोही दिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मोदीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।

-२८ वैशाखमै दुवै प्रधानमन्त्रीबीच औपचारिक प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता हुनेछ । काठमाडौंबाट स्विच दबाएर ओली र मोदीले अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास गर्नेछन् ।

-२९ वैशाखमा मोदी मुक्तिनाथ दर्शनका लागि जानेछन् । त्यहाँबाट फर्केपछि काठमाडौं महानगरपालिकाले नागरिक अभिनन्दन गर्नेछ, जहाँ मोदीले सम्बोधन गर्नेछन् ।

-२९ वैशाखमा संयुक्त पत्रकार सम्मेलन गरी दुई प्रधानमन्त्रीले सम्बोधन गर्नेछन् ।

-मोदीले कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, मधेसकेन्द्रित दलका शीर्ष नेतासँग बेग्लाबेग्लै भेटवार्ता गर्नेछन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।