हडतालमा उत्रिएका यातायात व्यवसायीहरु सेवामा फर्किए

 अावाज स‌‌वाददाता     २२ बैशाख २०७५, शनिबार

सिन्डिकेट कायम राख्न माग गर्दै हडतालमा उत्रिएका यातायात व्यवसायीहरु शनिबारदेखि सेवामा फर्किएका छन्।

शुक्रबार बेलुका प्रेस विज्ञप्ती जारी गर्दै व्यवसायीहरुले वार्ताबाट समाधान खोज्न सरकारसँग आग्रह गरेका थिए। सिन्डीकेटको पक्षमा भएको देशव्यापी आन्दोलन प्रत्युतपादक भएपछि उनीहरुले शनिबारकै लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको समिक्षा बैठक बोलाएका छन्।

शुक्रबार देशभरका सार्वजनिक यातायात सञ्चालन नगरेपछि प्रहरीले शुक्रबार देशभरीबाट ७३ जना यातायात व्यवसायीलाई पक्राउ गरेको थियो। पक्राउ परेका व्यवसायीहरु छुटाउन गृह मन्त्रालयका अधिकारीहरुसँग छलफल भइरहेको यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले बताए।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF