मध्यरातमा मोटरसाइकल चोरी गर्ने युवक पक्राउ

 आवाज अनलाइन     २४ बैशाख २०७५, सोमबार

दोलखा, बैशाख २४
दोलखा सदरमुकाम चरिकोट बजारबाट मध्यरात मोटरसाइकल चोरी गर्दैगर्दा एक युवक पक्राउ परेका छन् ।
नियमित गस्तीमा रहेको दोलखा प्रहरी टोलीबाट २३ गते मध्यरात अर्थात २४ गते बिहान १२ः३० बजे मोटरसाइकल चोरी गरी लैजाँदै गर्दा शैलुङ गाउँपालिका ४ मागापौवाका २५ वर्षीय प्रकाश खड्का पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ ।
साविक गौरीशंकर गाउँपालिका ८ घर भै भीमेश्वर नगरपालिका ३ भालुखोला बस्ने २० वर्षीय राजकुमार तामाङको बा ५४ प ६२७ नम्बरको मोटरसाइकल लैजाँदै गर्दा फेला परेका खड्कालाई सोधपुछ गर्दा चोरी गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चोरी अभियोगमा पक्राउ परेका उनलाई चोरी मुद्दा शीर्षकमा मुद्दा चलाई अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।