अब ‘हरेक नेपाली विद्युतका सेयरधनी’

 अावाज स‌‌वाददाता     २६ बैशाख २०७५, बुधबार

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले २०७५–२०८५ लाई ‘ऊर्जा तथा जलस्रोत दशक’ घोषणा गरेको छ । मंगलबार श्वेतपत्र सार्वजनिक गर्दै मन्त्रालयले ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई प्रभावकारी बनाउन यस्तो घोषणा गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जानकारी दिए ।

हरेक नेपाली जनतालाई जलविद्युतमा लगानीको अवसर प्रदान ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको शेयर धनी’ कार्यक्रम अभियानको रुपमा सञ्चालन गरिनेछ । वैदेशिक रोजगारीमा गएकाहरूलाई सम्बन्धित देशबाटै शेयर आवेदन दिने व्यवस्था गरिनेछ । अपर अरुण, अरुण–४, तल्लो अरुण, किमाथाङ्का अरुण भेरी बबई डाईभर्सन, फुकोट कर्णाली, र तामाकोशी–५ जस्ता नाफामुलक जलविद्युत आयोजनाहरू यसै अभियान अन्तर्गत सञ्चालन गरिने श्वेतपत्रमा उल्लेख छ । प्रदेश सरकार एवम् स्थानीय तहको समेत शेयर रहने गरी हरेक प्रदेशबाट कम्तीमा एउटा मझौला क्षमताको आकर्षक जलविद्युत आयोजनाको निर्माण कार्य अगाडि बढाइने पनि मन्त्री पुनले जानकारी दिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।