मोदीले गरे मुक्तिनाथमा पूजा

 अावाज स‌‌वाददाता     २९ बैशाख २०७५, शनिबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ मन्दिरमा पूजा गरेका छन्। मन्दिरका प्रमुख पुजारी कृष्णप्रसाद सुवेदीको सहयोगमा मोदीले पूजा गरेका थिए।

विशेष पूजाअर्चनापछि उनले मुक्तिनाथ मन्दिर परिसरमा रहेका १ सय ८ धाराहरुको अवलोकन तथा जलसेचन गरेका थिए। सो क्रममा मोदीलाई पर्यटन मन्त्री रवीन्द्र अधिकारी, प्रदेश ४ का मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायतले मूक्तिनाथ क्षेत्रको विशेष शालग्राम उपहारस्वरुप प्रदान गरेका थिए।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।