नक्कली सुनकाे तस्करी गर्ने पक्राउ

 आवाज संवाददाता     २६ असार २०७३, आईतवार

दोलखा, २६ असार , १ किलो सुन किन्न खोज्दा चरिकोटका एक व्यापारी ठगीमा परेका छन् । पसलमा सामान किन्न आउने ग्राहकले भीमेश्वर नगरपालिका ७ घर भई भीनपा १ बसपार्कमा फेन्सी पसल गर्ने मेनुका चौलागाई १८ लाख ठगेका हुन् ।
सिन्धुपाल्चोकका एक समूहले चौलागाईलाई नक्कली एक किलो सुन देखाई १८ लाख ठगी गरेका हुन् । ठगी धन्दा गर्नेलाई जिल्ला प्रहरी कार्यालय दोलखाले पक्राउ गरेको छ । २ महिना अघि एक किलो नक्कली सुन देखाई १८ लाख ठगी गर्ने सिन्धुपाल्चोक जिल्लाका ४ जनालाई जिल्ला प्रहरी कार्यालय दोलखाले पक्राउ गरेको हो ।

gold
पक्राऊ पर्नेहरुमा सिन्धुपाल्चोक गाती–७ का दावा ग्याल्जेन शेर्पा, गोपाल श्रेष्ठ, बाह्रविसे–४ का कृष्ण श्रेष्ठ र भुवन श्रेष्ठलाई प्रहरीले पक्राउ गरी आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार सोही घटनामा थप ४ देखि ५ जना फरार रहेका छन् ।
२०७३ बैशाख २१ गते बसपार्ककी मेनुका चौलागाईंलाई प्रलोभनमा पारी नक्कली सुन दिई १८ लाख ठगी गरेको दोलखा प्रहरी प्रमुख डिएसपी बेलबहादुर पाण्डेले जानकार दिए । प्रहरीले उनीहरुलाई गत शुक्रबार पक्राउ गरी दोलखा जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरी थप अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकाहरु संगठित सुन तस्करीमा संलग्न रहेको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेकाहरुलाई संगठित ठगीको महलअनुसार मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।