एमाले–माओवादी एकताको औपचारिक घोषणा हुँदै

 अावाज स‌‌वाददाता     ३ जेष्ठ २०७५, बिहीबार

२५औँ मदन–आश्रित स्मृति दिवसका दिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकताको औपचारिक घोषणा गर्ने तयारी गरिएकाे छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजेका लागि बोलाइएको एकता संयोजन समितिको बैठकले दुई अध्यक्ष बीच बुधबार भएको समझदारीलाई अनुमोदन गर्नेछ। साेसँगै पार्टी एकताको घोषणा गर्ने निर्णय हुनेछ।

त्यसपछि दुवै पार्टीको केन्द्रीय समितिको बैठक बसी एकता संयोजन समितिको निर्णय पनि अनुमोदन गर्ने तय भएकाे छ। र दुवै पार्टी अाैपचारिक रुपमा विघटन भएको घोषणा गरिनेछ।

सोपश्चात् दुवै पार्टीका नेताहरू बालुवाटारमा जम्मा हुनेछन्। अाजै दुवै पार्टीका प्रतिनिधिहरुले ‘नेपाल कम्युनिष्ट पार्टी’काे नाममा निर्वाचन आयोगमा दल दर्ताको तयारी गर्नेछन्। दल दर्तापछि सभागृहमा पत्रकार सम्मेलन गरेर पार्टी एकताको औपचारिक घोषणा गरिने बताइएको छ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।