इतिहासकै शक्तिशाली पार्टी गठन

 अावाज स‌‌वाददाता     ४ जेष्ठ २०७५, शुक्रबार

साढे सात महिनादेखिको एकता प्रयासलाई निष्कर्षमा पु-याउँदै दुई ठूला वाम दल एमाले र माओवादी केन्द्रले बिहीबार नेपाल कम्युनिस्ट पार्टी गठन गरेका छन् । राष्ट्रिय सभागृहमा भएको एकता घोषणासभामा नेकपाका सहअध्यक्षद्वय केपी ओली र प्रचण्डले शान्ति, स्थिरता र समृद्धिका लागि कम्युनिस्ट आन्दोलन अब नयाँ इतिहास रच्दै अघि बढेको घोषणा गरे ।

तत्कालीन महासचिव पुष्पलालको नेतृत्वमा स्थापित नेपाल कम्युनिस्ट पार्टी पुनस्र्थापित गरेर उनको सपना पूरा गरेको दुवै नेताको भनाइ थियो । गत १७ असोजमा पार्टी एकता र चुनावी तालमेलका लागि भएको ६ बुँदे सहमतिलाई ७ फागुनमा सातबुँदे सहमतिमार्फत थप मूर्त रूप दिँदै उनीहरूले एकतालाई निष्कर्षमा पु-याएका हुन् ।

नेकपाको स्थायी कमिटी : ४५ (दुई थप्न बाँकी)

एमालेका तर्फबाट : २५
केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, सुवासचन्द्र नेम्वाङ, भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, ईश्वर पोखरेल, विष्णु पौडेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, भीम आचार्य, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट, योगेश भट्टराई, शंकर पोखरेल, मुकुन्द न्यौपाने, सुरेन्द्र पाण्डे, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल, किरण गुरुङ, अमृत बोहरा, केशव बडाल र सोमनाथ अधिकारी प्यासी

माओवादी केन्द्रबाट : १८
पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, अमिक शेरचन, जनार्दन शर्मा, वर्षमान पुन, देवप्रसाद गुरुङ, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, मातृकाप्रसाद यादव, अग्नि सापकोटा, ओनसरी घर्ती, लेखराज भट्ट, शक्ति बस्नेत, हरिबोल गजुरेल, लीलामणि पोखरेल र राम कार्की
ओली र प्रचण्ड सह–अध्यक्ष : आलोपालो बैठकको अध्यक्षता गर्ने सहमतिअनुसार नवगठित नेपाल कम्युनिस्ट पार्टीमा केपी ओली र प्रचण्ड सह–अध्यक्ष रहेका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF