ब्लड क्यान्सरपीडित बालकद्वारा सहयोगको अपिल

 अावाज स‌‌वाददाता     ६ जेष्ठ २०७५, आईतवार

ब्लड क्यान्सरपीडित दोलखा जुगुँस्थित उखुबारीका ८ वर्षीय विश्वास कार्कीले उपचारका लागि सर्वसाधरणसँग सहयोगको अपिल गरेका छन् । आर्थिक अवस्था कमजोर भएपछि उनले सहयोगकाे अपिल गरेका हुन् ।

उनको अहिले नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । क्यान्सरको सुरुको अवस्था भएकाले उनको उपचार सम्भव हुने अस्पतालको दाबी छ ।

यसका लागि १५ लाख रुपैयाँभन्दा धेरै खर्च हुने अस्पतालले जानकारी दिएको छ । उनलाई १ चैतमा अस्पताल भर्ना गरिएको थियो । अस्पतालले ६ चैतमा उनलाई ब्लड क्यान्सर भएको प्रमाणित गरेको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।