रकारको नीति तथा कार्यक्रम आगामी वर्ष, समृद्धिको इतिहास रच्ने वर्ष

चुनाव जिताउने चर्चित घोषणा नीति कार्यक्रममा अटाएनन्

 अावाज स‌‌वाददाता     ८ जेष्ठ २०७५, मंगलवार

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७५÷७६ समृद्धिको इतिहास रच्ने ‘आधार वर्ष’ हुने बताएकी छन् । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सोमबार राष्ट्रपति भण्डारीले वर्तमान पुस्ताले अनुभूति गर्ने गरी विकास र समृद्धि हासिल गर्नेतर्फ केन्द्रित भएर सरकारले काम गरिरहेको र आगामी आव समृद्धिको इतिहास रच्ने आधार वर्षका रूपमा स्थापित हुने बताइन् ।

राष्ट्रपति भण्डारीले दुवै संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै भनिन्, ‘सरकारले विकासप्रतिको सोच र प्रक्रिया, कार्यसंस्कृति, शासकीय प्रणाली, अर्थतन्त्रको संरचना र सामाजिक न्यायका क्षेत्रमा रूपान्तरण गर्नेछ । विकास नीति, रणनीति, कार्यनीति, कानुन, संस्था, जनशक्ति र स्रोतसाधन, सहभागिता, सेवाप्रवाह र नतिजा अनुगमन एवं मूल्यांकनका क्षेत्रमा आमूल परिवर्तन गर्नेछ ।’

अबको विकास सूचना र तथ्यांकको गहन विश्लेषण, अनुसन्धान र प्रमाणमा आधारित हुने सम्बोधनमा उल्लेख छ । यस कार्यको प्राप्तिका लागि देशको भूगोल, प्रकृति, स्रोतसाधन, क्षमता र सम्भावनाका सम्पूर्ण सूचनाको राष्ट्रिय तथ्यगत विवरण तयार गरिने पनि कार्यक्रममा जनाइएको छ ।

सरकारले विभिन्न विषयमा विज्ञहरू संलग्न थिंक ट्यांक पनि बनाउने भएको छ । विकास, निर्माण, सुरक्षा, परराष्ट्र सम्बन्ध शासकीय सुधारलगायत विविध पक्षमा अध्ययनअनुसन्धान गरी सरकारलाई नियमित सुझाव दिन विज्ञहरू संलग्न थिंक ट्यांकको व्यवस्था गर्ने विषय नीति तथा कार्यक्रममा उल्लेख गरिएको हो ।

चर्चित घोषणा नीति कार्यक्रममा अटाएनन्

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संघीय संसद् र राष्ट्रिय सभामा प्रस्तुत सरकारको नीति तथा कार्यक्रम वाम गठबन्धनकै चुनावी घोषणापत्रको सारंशजस्तो देखिन्छ । तर, चुनावमा भोट तान्ने गरी घोषणा गरिएका नीति तथा कार्यक्रमले भने निरन्तरता नपाएको देखिन्छ ।सामाजिक सुरक्षा भत्ता मासिक ५ हजार रुपैयाँ पु-याइने, बालबालिका र ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार सेवा, गरिबको स्वास्थ्य बिमाको भुक्तानी सरकारले गरिदिने, समुद्रमा आफ्नै पानी जहाज चलाउने, पेट्रोल तथा फलाम खानीको अन्वेषण र उत्खनन गर्ने तथा विदेशी सहयोग घटाउँदै लैजाने वाम गठबन्धनको घोषणा आगामी आवको नीति कार्यक्रममा समावेश गरिएका छैनन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF