आलुको मूल्य नपाएपछि काभ्रेपलाञ्चोकका किसान चिन्तित

 अावाज स‌‌वाददाता     ८ जेष्ठ २०७५, मंगलवार

 विगतको तुलनामा आलु कम फल्नुका साथै उचित मूल्य नपाएपछि काभ्रेपलाञ्चोकका किसान चिन्तित बनेका हुन् ।

किसानले आलु प्रतिधार्नी ५० देखि ६० रूपैयाँसम्ममा बिक्री हुने गरेको छ । बजारमा त्यही आलु प्रतिधार्नी ८० देखि ९० रूपैयाँसम्ममा बिक्री भइरहेको छ । जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन कार्यान्वयन इकाइ (आलु) कार्यक्रम सञ्चालनमा छ । सरकारले अनुदान दिने र प्रविधिका बारेमा सिकाउनेबारे जानकारी नभएको किसान बताउँछन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन कार्यान्वयन इकाइ (आलु) बनेपा कार्यालयका प्रमुख किशोरप्रसाद पन्त जिल्लामा आलुको उत्पादन पर्याप्त रुपमा भइरहेको बताउँछन् । उन्नत जातको आलुको बीउ प्रयोग गर्न नपाएका कारण किसानले फाइदा लिन नसकेको उनको भनाइ छ ।

सुपरजोन (आलु) कार्यालयका सूचना अधिकृत कृष्ण धितालका अनुसार जिल्लामा नौ हजार हेक्टरमा वार्षिक एक लाख ८२ हजार मेट्रिक टन आलु उत्पादन हुने गरेको छ । सुपरजोन (आलु) परियोजनाले हालसम्ममा दुई हजार हेक्टरमा मात्रै सेवा विस्तार गरेको छ । भविष्यमा तीन हजार ६ सय हेक्टरसम्म सेवा विस्तार गर्ने योजना रहेको कार्यालयले जनाएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।