राष्ट्रपतिलाई व्यंग्य गर्दै देउवाले भने– म भन्छु ‘सम्माननीय सभामुखज्यू’

 अावाज स‌‌वाददाता     ९ जेष्ठ २०७५, बुधबार

राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७५र७६का लागि नीति तथा कायक्रम प्रस्तुत गर्नेक्रममा प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षका लागि आदारार्थी शब्द प्रयोग नगरेको प्रति कांग्रेसले असन्तुष्टि जनाएको छ । सरकारले सोमबार संघीय संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमप्रति प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले स्पष्ट नभएको बताएका छन् । संघीय संसदमा बुधबार सरकारका नीति तथा कार्यक्रममाथी भएको छलफलमा देउवाले यस्तो बताएका हुन् ।

‘राष्ट्रपतिले सम्माननीय शब्द प्रयोग नगरेपनि म चाँही सम्माननीय भनेर सम्बोधन गर्न चाहान्छु ।’राष्ट्रपति भण्डारीलाई व्यङ्ग्य गर्दै देउवाले भने ।
साथै गणतन्त्रपछिका सबै नीति तथा कार्यक्रममा सभामुखलाई ‘सम्माननीय सभामुख’ भनेर सम्बोधन गर्दै आएकोमा यस वर्ष प्रस्तुत गरिएको कार्यक्रममा सम्बोधन नगरेको समेत जनाएको छ । राजनीतिक आन्दोलनका उपलब्धीहरुलाई सरकारले नजरअन्दाज गर्न लागेको समेत देउवाले बताए ।

१७ संसदले ६ संशोधन प्रस्ताव दर्ता गराएका थिए । छलफलमा मधेश केन्द्रीत दलले संविधान संशोसन नभएको प्रति असन्तुष्टि जनाएका छन् भन कांग्रेसका नेताहरुले स्पष्ट नीति नभएका जनाएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।