छोराछोरी निजी विद्यालयमा पढाए तलबभत्ता काटिने

 अावाज स‌‌वाददाता     १३ जेष्ठ २०७५, आईतवार

 इलामको माईजोगमाई गाउँपालिकाले छोराछोरीलाई निजी विद्यालयमा पढाउने जनप्रतिनिधि र कर्मचारीको तलब कट्टा गर्ने भएको छ। गाउँपालिकाले शिक्षा ऐन पारित गर्दै नेपाल सरकारबाट सेवासुविधा पाएका सार्वजनिक पदाधिकारी, कर्मचारी र शिक्षकहरुले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना नगरे तलब–भत्ताबाट तीन प्रतिशत रकम कटौती गर्ने भएको हो।

कटौती गरिएको रकम गाउँपालिकाको सञ्चित कोषमा जम्मा गरिने बताइएको छ। अध्यक्ष जीतबहादुर राईका अनुसार शिक्षामा भएको असमानतालाई न्यूनीकरण गर्न यो निर्णयलाई कडाइका साथ कार्यान्वयन गरिनेछ। शिक्षकले सरकारी विद्यालयमा पढाउने तर छोराछोरीलाई निजीमा पढाउने कार्यले सरकारी विद्यालयप्रति विश्वास घटेकाले पनि यस्तो निर्णय गर्नुपरेको बताइएको छ।

विद्यालयहरूमा ‘खेताला’ शिक्षक राख्नसमेत प्रतिबन्ध लगाइएको छ। ‘खेताला’ शिक्षक राखिएको पाइएमा निलम्बन गरिने राईले जानकारी दिए।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।