मन्थलीका बाढीपीडितलाई प्रतिपरिवार २५ हजार वितरण

 अावाज स‌‌वाददाता     १३ जेष्ठ २०७५, आईतवार

बाढीबाट क्षति भएका रामेछापको मन्थली नगरपालिका वडा नं १ बसपार्क क्षेत्रमा बसोबास गर्ने ६ घरपरिवारलाई प्रति घरपरिवार २५ हजारका दरले १ लाख ५० हजार रुपैयाँ रकम प्रदान गरेको  छ। गएको वैशाख ३१ गते राति परेको भिषण वर्षातसँगै आएको बाढीले क्षति पुर्याएका  ६ घर परिवारलाई जिल्ला बिपद् व्यवस्थापन समितिले आज राहत रकम वितरण गरेको हो  । समितिले बाढीबाट सामान्य क्षति भएका २७ घरपरिवारलाई प्रतिपरिवार १० हजारका दरले २ लाख ७० हजार र कम क्षति भएको १ घरपरिवारलाई ८ हजार ५ सय रुपैयाँ राहत रकम प्रदान गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF