सरकारले शैक्षिक प्रमाणपत्र धितोमा ७ लाख रुपैयाँ ऋण दिने, विदेशबाट फर्किएकालाई १० लाख ऋण

 अावाज स‌‌वाददाता     १५ जेष्ठ २०७५, मंगलवार
सरकारले शैक्षिक प्रमाणपत्र धितोमा ७ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने भएको छ। बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो ऋणमा सरकारले ५ प्रतिशत ब्याज अनुदान दिने बताए।
यसैगरी विदेशबाट फर्किएका युवाहरुलाई सीपका आधारमा काम गर्नका लागि १० लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने भएको छ। यसमा परियोजना धितो हुने छ। परियोजनाको बीमा हुने छ भने पर्याप्त धितो पनि लिइने छ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।