दाङ र काभ्रेपलाञ्चोकमा बैकल्पिक विमानस्थल
अावाज सवाददाता १५ जेष्ठ २०७५, मंगलवारसरकारले दाङ र काभ्रेपलाञ्चोकमा बैकल्पिक विमानस्थल निर्माणका साथै हवाइ क्षेत्रको सु्धारकालागि १९ अर्ब ३५ करोड बजेट छुट्याएको छ। यसैगरी प्राथमिकताकासाथ निजगढ पोखरा र भैरहवा बिमानस्थको निर्माण अघि बढाउने भएको छ।
बजेटमा त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको चाप कम गर्नकालागि काभ्रेमा आन्तरिक बिमानस्थल बनाउने कार्यलाई अघि बढाउने ब्यबस्था गरिएको छ।
यसकासाथै क्षेत्रीय रुपमा बिराटनगर, जनकपुर, धनगढी लगायतका क्षेत्रमा क्षेत्रीय हवाइस्थल बनाउने ब्यबस्था उल्लेख गरिएको छ। यसैगरी दाङमा बैकल्पिक बिमानस्थल बनाउन अध्ययन अघि बढाउने भएको छ।
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।