दोलखा रेडक्रसलाई च्छो–रोल्पा अस्पतालको सहयोग

 आवाज अनलाइन     १६ जेष्ठ २०७५, बुधबार

दोलखा/नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दोलखाद्वारा सञ्चालित रक्त सञ्चार सेवाको लागि च्छो–रोल्पा जनरल अस्पताल प्रालि चरिकोटले एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
दोलखा जिल्ला रेडक्रसले सञ्चालन गरेको रक्त सञ्चार सेवाको लागि थप टेवा पुगोस् भन्ने उद्देश्यले गणतन्त्र दिवसको अवसरमा अस्पतालले उक्त रकम हस्तान्तरण गरेको हो । अस्पताल सञ्चालक समितिका अध्यक्ष पृथ्वी बहादुर श्रेष्ठले एक लाख रुपैयाँको चेक नेपाल रेडक्रस सोसाईटी दोलखाका सभापति गोकर्णप्रसाद पोखरेललाई हस्तान्तरण गरे । चेक बुझ्दै रेडक्रसका सभापति गोकर्णप्रसाद पोखलले दोलखा जिल्लामा रगत अभावको कारणले कसैलाई पनि समस्या भोग्न नपर्ने गरी काम गर्ने बताए । उनले ज्येष्ठ नागरिकलाई आवश्यक प्रमाणको आधारमा निःशुल्क रक्त सञ्चार सेवा उपलब्ध गराइने पनि बताए ।
२०७२ सालको विनासकारी भूकम्पपछि बन्द रहेको रक्तरञ्चार सेवा केही साताअघिदेखि पुःन सञ्चालन भएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।