पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो
अावाज सवाददाता २० जेष्ठ २०७५, आईतवारनेपाल आयल निगमले पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य शनिबार मध्यरातदेखि लागू हुने गरी फेरि बढाएको छ ।
पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर तीन/तीन रुपैयाँका दरले वृद्धि गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।
बृद्धिपछि पेट्रोलको मूल्य ११३ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको ९५ रुपैयाँ पुगेको छ । ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ ।
मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर रु १ रुपैयाँ ५९ पैसा तथा डिजेल र मट्टितेलमा ३ रुपैयाँ ४९ पैसा घाटा रहेको गोइतले बताए ।
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।