७ सय ५३ स्थानीय तहको बजेट आउँदै

 अावाज स‌‌वाददाता     १० असार २०७५, आईतवार

आइतबार देशभरका ७ सय ५३ स्थानीय तहमा आगामी आर्थिक वर्ष ०७५/७६ को बजेट आउँदै छ । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक असार महिनाको १० गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नुपर्छ । आइतबार सबै स्थानीय तहको सभामा बजेट पेस हुने अर्थ मन्त्रालय, अन्तरसरकारी वित्त व्यवस्थापन महाशाखा प्रमुख हरिप्रसाद बस्यालले जानकारी दिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।