बोलेरो दुर्घटनामा चालकको मृत्यु, ३ घाइते

 आवाज अनलाइन     १६ असार २०७५, शनिबार

दोलखा, असार १६
वैतेश्वर गाउँपालिकाको मार्बुबाट जिरी नगरपालिकाको ठुलोपाताल जाँदै गरेको बा १३ च ६१९६ नं काे बोलेरो चरिकोट–जिरी सडकको खावामा दुर्घटना हुँदा सो बोलेरोको चालकको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् ।

वैतेश्वर गाउँपालिका ७ को मार्बुबाट धानको भुस लिएर जिरी गाउँपालिका ९ को ठुलोपाताल लैजाँदै गर्दा आज विहान पौने ४ बजेभएको दुर्घटनामा ठुलोपाताल घर भएका चालक २० वर्षीय सुवास तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
३ जना मानिस समेत लिएर गएको बोलेरो वैतेश्वर गाउँपालिकाको खावामुनि पुगेपछि अनियन्त्रित भै सडकबाट करिब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । बोलेरोमा सवार अन्य ३ जना घाइते भए पनि उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । घाइते हुनेमा ठुलोपातालका २० वर्षीय मंगले तामाङ, सोही ठाउँका ५२ वर्षीय दिलबहादुर तामाङ र गाडी साहु गैरीमुदीका ५५ वर्षीय कर्णबहादुर तामाङ रहेका छन् । उनीहरुको उपचार मैनापोखरीस्थित दाहाल मेडिकल हलमा भैरहेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF