चरिकोटमा बेवारिसे लास फेला

 आवाज अनलाइन     २३ असार २०७५, शनिबार

दोलखा असार २३
दोलखा सदरमुकाम चरिकोटमा तराई मूलको जस्तो देखिने अन्दाजी २८/२९ वर्षको एक बेवारिसे लास फेला परेको छ ।
शुक्रबार साँझ करिब साढे ५ बजेतिर भीमेश्वर नगरपालिका–३ स्थित तरकारी बजार नजिकै रहेको खोल्सीमा गहुँ गोरो वर्ण र ५ फिट ४ इन्च उचाइ भएको पहिचान नखुलेको पुरुषको लास फेला परेको प्रहरीले जानकारी दिएको छ ।
उनको करिब ३ दिन अघि मृत्यु भएको अनुमान गरिएको छ । घटनास्थल मुचुल्का गरी लासलाई पोष्टमार्टमको लागि सदरमुकाम चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले दोलखामा निजी आवास पुनःनिर्माणका लागि मजदुरको रुपमा जिल्ला भित्रिएको व्यक्ति हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।