सुरु भयो, ‘प्रहरी मेरो साथी’ अभियान (फेाटो फिचर)

 आवाज संवाददाता     २७ असार २०७३, सोमबार

दाेलखा, असार २७/नेपाल प्रहरीले आजदेखि ‘प्रहरी मेरो साथी’ अभियान सुरु गरेको छ । मुलुकमा शान्ति सुरक्षाको मुख्य जिम्मेवारी सम्हाल्दै आएको प्रहरीले नागरिकमैत्री हुने गरी आज ७५ जिल्लामा एकै पटक यो अभियान सुरु भएको हो ।

_MG_5451

नेपाल प्रहरी नागरिक समुदाय केन्द्रित सबै कार्यक्रम तथा क्रियाकलाप ‘प्रहरी मेरो साथी’को अवधारणामा समेटिनेछ । यो अभियान सरकारको आव २०७२ र ७३ को नीति तथा कार्यक्रममा समावेश भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी बेलबहादुर पाण्डेले जानकारी दिए । देशभरका विद्यालय तथा समुदायमा सामुदायिक सम्पर्कको माध्यमबाट प्रहरीलाई नागरिकमैत्री बनाई अपराध, दुर्घटना र सामाजिक विकृतिलाई नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्नु अभियानको मुख्य उद्देश्य हो ।

_MG_5477

समाजमा ‘प्रहरी मेरो साथी’ हो भन्ने भावना र सम्बन्धको विकास गरेर प्रहरी सङ्गठनको छविलाई गरिमामय तुल्याउनु अभियानको लक्ष्य रहेको छ । मुलुकमा शान्ति सुरक्षाको मुख्य जिम्मेवारी सम्हाल्दै आएको नेपाल प्रहरीले आजदेखि ‘प्रहरी मेरो साथी’ अभियान सुरु गरेकोमुलुकमा शान्ति सुरक्षाको मुख्य जिम्मेवारी सम्हाल्दै आएको नेपाल प्रहरीले आजदेखि ‘प्रहरी मेरो साथी’ अभियान सुरु गरेको छ ।

_MG_5455

समाजमा ‘प्रहरी मेरो साथी’ हो भन्ने भावना र सम्बन्धको विकास गरेर प्रहरी सङ्गठनको छविलाई गरिमामय तुल्याउनु अभियानको लक्ष्य रहेको छ ।नेपाल प्रहरीले यसअघि ‘मुस्कानसहितको सेवा’ भन्ने नाराका साथ जनतामा पुग्ने अभियान सुरु गरेको थियो । देशभर झै दोलखा प्रहरीले विषेश कार्यक्रम गरेर यो अभियान शुरु गरेको छ ।

_MG_5431

अभियानको उद्धघाटन प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले गरे । उनले दोलखामा प्रहरीले गरेको कामको प्रशंसा समेत गरे । कार्यक्रममा दोलखाका राजनितक दल ,नागरिक समाज व्यवसायीको उपस्थित थियो । अभियानको उद्धघाटनमा साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो ।

_MG_5510

 

_MG_5429

ppp

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF