कालिन्चोक माविमा राष्ट्रिय सेवा दलको तालिम सुरु

 आवाज अनलाइन     ९ श्रावण २०७५, बुधबार

दोलखा, साउन ९

दोलखा सदरमुकाम चरिकोटस्थित कालिन्चोक माविमा राष्ट्रिय सेवा दल सि.सं. ४५ औँ जुनियर डिभिजन तालिम सुरु भएको छ ।
आज प्रथम प्रवचनका साथ तालिमको सुरुवात रणभीम गण चरिकोटका गणपति विदुर अधिकारीले गरेका छन् । प्रथम प्रवचन दिँदै गणपति अधिकारीले विद्यार्थीहरुलाई अनुशासित, लगनशील र राष्ट्रवादी बनाउन तालिम महत्वपूर्ण हुने बताए ।
तालिम शुभारम्भ कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले विद्यार्थीहरुमा व्यक्तित्व विकास गर्न र जीवनोपयोगी सीप सिकाउन तथा असल नागरिक बनाउन तालिम प्रभावकारी हुने बताए ।
तालिममा छात्रा १८ र छात्र १८ गरी ३६ जनाको सहभागिता रहेको छ । उनीहरुले जम्मा एक सय दिनको तालिम पाउने छन् । त्यसमध्ये उनीहरुले विद्यालयमा ७९ दिन विभिन्न सीपहरु सिक्नेछन् भने सामुहिक क्याम्पमा २१ दिन विभिन्न तालिम तथा प्रतियोगितामा भाग लिनेछन् ।
कालिन्चोक मावि चरिकोटमा सञ्चालन भएको यो तालिम तेस्रो व्याच हो । यसअघि दुई व्याचले तालिम पाइसकेका छन् ।

तालिममकाे शुभारम्भ कार्यक्रम विद्यालयका प्रधानाध्यापक नवराज न्याैपानेकाे अध्यक्षतामा भएकाे थियाे ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF