चट्याङले भेडपुमा एक महिलाको मृत्यु
आवाज अनलाइन १२ श्रावण २०७५, शनिबार
दोलखा, साउन १२
दोलखा जिल्लाको मेलुङ गाउँपालिका ४ भेडपुमा चट्याङ लागेर एक बृद्धाको ज्यान गएको छ । हिजो राती परेको चट्याङले भेडपु ४ की करिब ६५ वर्षीया काली तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ ।
हिजो साँझ करिब साँढे ७ बजे गोठमा गाईभैँसीलाई घाँस हाल्न गएका बेला त्यसको नजिकैको बिजुलीका पोलमा परेको चट्याङले उनको ज्यान लिएको प्रहरीले जानकारी दिएको छ । चट्याङले उनको घटनास्थलमै मृत्यु भएको थियो ।
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।