पिएमएल–एन नेताद्वारा पूर्व प्रधानमन्त्री शरीफसँग भेट

 अावाज स‌‌वाददाता     १८ श्रावण २०७५, शुक्रबार

 

इश्लामावाद, पाकिस्तान, (रासस÷एएनआई) ः
पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) का नेता सेहवाज शरीफसहितका केही नेताहरूले पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफ र उनकी छोरी मार्यामलाई अदियाला जेलमा पुगी बिहीबार भेट गरेका छन् । पाकिस्तानी जिओ टेलिभिजनका अनुसार शेहवाज शरीफ, पूर्व विदेशमन्त्री खावाजा असीफ, प्रधानमन्त्रीको विदेश मामिला हेर्ने पूर्व विशेष सहयोगी तारिक फातेमी, तथा पूर्व सूचनामन्त्री मारियूम अरून्जेबलगायतका नेता शरीफलाई भेट्न जेल पुगेका हुन् । शरीफद्वारा आयोजना गरिएको सर्वपक्षीय सम्मेलनपूर्व नै उनिहरुले नेता शरीफलाई भेट गरेका हुन् । छाती तथा देब्रे पाखुरामा कडा दुखाई महशुस गरेपछि शरीफलाई पाकिस्तान इन्टिच्युट अफ मेडिकल साइन्सेस (पिआइएमएस)मा भर्ना गरिएको थियो । तर शरीफको स्वास्थ्य अवस्था सामान्य बनेपछि उहाँलाई आदियाला जेल पठाइएको छ ।
पाकिस्तानी न्यूज इन्टरनेशनलले अस्पताल स्रोतलाई उद्धृत गर्दै भनेको छ उपचारपछि पूर्व प्रधानमन्त्रीको आफ्नै अनुरोधमा जेल फिर्ता पठाइएको छ । पाकिस्तानको एक अदालत ( नेशनल अकाउन्टेविलिटी कोर्ट) ले गत जुलाई महिनाको १३ गते एभेन्फिल्ड मुद्दामा दोषी ठहर गरी शरीफ तथा उनकी छोरी मार्यामलाई जेल सजाय सुनाएको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF