मन्त्रिपरिषद् विस्तार : कानुनमन्त्रीमा ढकाल, भूमिसुधारमा अर्याल

 अावाज स‌‌वाददाता     १८ श्रावण २०७५, शुक्रबार

कानूनमन्त्रीमा नेकपाका सांसद भानुभक्त ढकाल नियुक्त भएका छन्। शेरबहादुर तामाङको राजिनामापछि रिक्त पदमा उनी नियुक्त भएका हुन्।

त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा पद्मा अर्याल नियुक्त भएकी छिन्। उनी यसअघि स्वास्थ्य राज्यमन्त्री थिइन्।

स्वास्थ्यमन्त्रीमा उपेन्द्र यादब आएपछि उनलाई नयाँ जिम्मेवारी दिइएको छ।

बंगलादेशमा अध्ययनरत छात्राहरुमाथि अशोभनिय टिप्पणी गरेकोमा विवाद आएपछि नेकपाको निर्देशनमा तामाङले राजीनामा दिएका थिए।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।